जापानको ज्यालामा सन् २०१५ यताकै ठूलो गिरावट
फरकधार / २१ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो ।



श्रम मन्त्रालयले मंगलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ । प्रारम्भिक तथ्यांकले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्य मात्र ज्यालामा बढेको कारण सूचकांक लगातार सातौँ महिना घटेको देखाएको छ ।



अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर २ लाख ७५ हजार ८ सय ८८ येन वा लगभग २ हजार अमेरिकी डलरमा पुगेको छ ।



बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ बिलियन–अमेरिकी डलर) को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो ।  







  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ११:३९:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया