नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल, प्लेइङ–११ मा एक परिवर्तन

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

नेपाल र घरेलु टिम नामिबियाबीचको खेल १ः४५ देखि विन्डोकस्थित युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुँदैछ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।

नेपालले नामिबियाविरुद्ध करण केसीलाई विश्राम दिएर सोमपाल कामीलाई मौका दिएको हो । जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा वर्षाका कारण नामिबियासँग अंक बाँड्दा दोस्रो म्याच स्कटल्याण्डसँग ३ विकेटको हार बेहोर्‍यो ।

नामिबियाको कुरा गर्दा उसले सिरिजमा दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँडेको छ । लिग–२ मा नामिबिया ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म २९ म्याच खेल्दा १७ मा जित, ११ मा हार र एक खेलमा अंक बाँडेको छ ।

नेपालले अहिलेसम्म २२ म्याच खेल्दा आठमा जित, १२ मा हार र दुई खेलमा अंक बाँडेको छ ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र सागर ढकाल ।





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १३:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया