के लेखिएको छ संसद् सचिवालयले जबरालाई पठाएको पत्रमा?

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र हात पारेका छन् । महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी पाउँ भनेर माग गर्दै मंगलबार निवेदन दिएपछि सोही बमोजिम उनले बुधबार पत्र प्राप्त गरेका छन् ।  

संघीय संसदका महासचिव डा. भरतराज गौतमले पुरानो संसदको कार्यकाल सकिएर संसदमा नयाँ सदस्य निर्वाचित भएसँगै महाभियोग प्रस्ताव निष्क्रिय भएको उल्लेख गर्दै पत्र पठाएका हुन् । 

पत्र जबरासँगै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदमा पनि पठाइएको छ ।

जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसद्हरूले गत वर्षको १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।   





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १३:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया