तेलको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधलाई अस्वीकार गरेको दुई महिनापछि साउदी अरेबियाले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङको लागि रातो कार्पेट बिछ्याउँदैछ । सीले बुधबारदेखि केही दिनको लागि साउदी अरेबियाको भ्रमण गर्नेछन् ।
जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमान र अन्य अरब नेताहरूसँग क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने छन् । ऊर्जा र पूर्वाधार सम्झौता उनको भ्रमणको प्रमुख एजेन्डा हुनेछ । सीको भ्रमणका अवसरमा २० अर्ब डलर बराबरको सम्झौता हुने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।