गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र छैन : शशांक, मागे कृषिमन्त्री

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवनिर्वाचित सांसद शशांक कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलमा सहयोग गर्ने वचन दिएका छन् । मंगलबार देउवालाई भेटेर कोइरालाले संसदीय दलमा सहयोग गर्ने वचन दिएका हुन् । 

देउवाले सहयोग मागेपछि आफूले सधैँ सहयोग गर्दै आएको कोइरालाले जवाफ दिएका थिए । गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको भनाइ छ । 

देउवासँगकाे भेटमा आफूले मन्त्री हुनुपर्छ भनेकाे र यसमा उनी सकारात्मक रहेकाे शशांकले बताए । कोइरालाले आफूलाई कृषि मन्त्री भएर काम गर्ने इच्छा भएको बताए ।

शशांकले शेखर कोइराला दाइ भए पनि अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुर देउवा नै रहेकाे बताए । संसदीय दलकाे नेतामा उठ्ने भनेर चर्चामा रहेका महामन्त्री गगन थापालाई दलकाे नेता बन्न् गाह्रो रहेकाे उनले बताए । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १७:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया