नांगो तार व्यवस्थापनका लागि प्राधिकरण प्रमुख घिसिङसँग सांसद पौडेलको छलफल
फरकधार / २१ मंसिर, २०७९

काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन् । यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् । 



पौडेलले प्राधिकरणमा पुगेर प्राधिकरण प्रमुख घिसिङसँग छलफल गरेका हुन् । उनले काठमाडौं ५ सहित उपत्यकामा रहेको विद्युतिय तारको समस्या हल गर्न आग्रह गरे ।

भेटमा उनले सबै सडकका पोललाई यथासक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पुर्न र सम्पूर्ण नांगो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए ।  



जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भइरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकमा साँघुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाइ थियो । तर, तीन वर्ष भित्रमा यस काम सम्पन्न हुने घिसिङको भनाइ थियो । 



निर्देशक घिसिङले समस्या हल गर्न काठमाडौंमा २० वटा शव स्टेसन निर्माण गर्ने, जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेसन निर्माण हुने जानकारी गराएका थिए ।

  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १९:१९:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया