आइसिसी विश्वकप लिग २ : नेपाल नामिबियासँग ८६ रनले पराजित

आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ। युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको हो ।

नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ४४, दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए । नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो । नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय इनिङ खेले । 

कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।

नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए । सागर ढकालले १ विकेट आफ्नो नाम गरे । यस सिरिजमा नेपालको अन्तिम खेल बिहीबार स्कटल्याण्डविरुद्ध रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार २१:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया