चार युगपुरुषका सालिक स्थापना

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकको परिसरभित्र प्रजातान्त्रिक आन्दोलनका चार युगपुरुषका ढलोटको पूर्णकदको सालिक स्थापना गरिएको छ । परिसरभित्र प्रजातान्त्रिक तथा वाम आन्दोलनका नेता स्व. विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको सालिक स्थापना गरिएको सहिद स्मारक विकास समितिले जनाएको छ । 

ती सालिकका लागि सहरी विकास विभागले ७२ लाख उपलब्ध गराएको उक्त समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । उक्त स्मारकको परिसरमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कलाई थप व्यवस्थित बनाइ सञ्चालन गर्न उक्त समितिले पनि ७० लाख रुपैयाँ खर्च गरिसकेको र करिब ९० प्रतिशत निर्माण पूरा भइसकेको उनले जानकारी दिए । 

विगत २८ वर्षअघि स्थानीय नवलपुरमा सहिद स्मारक निर्माण गरिएको थियो । उक्त समितिका अध्यक्षसमेत रहेका हाल ३ नं प्रदेशका मुख्यमन्त्री पौडेलले केही हप्ताभित्रै युगपुरुषका सालिक अनावरण गर्ने तयारी भइरहेकोे जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १४:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया