नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी छाड्नुपर्ने बताएका छन् ।
बुधबार बिर्तामोडमा प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै देउवाले अर्का महामन्त्री गगन थापालाई सघाउनुपर्ने बताए ।
अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवाले ठाउँ खाली गर्नुुपर्ने शर्माको भनाइ छ । संसदीय दलको नेताको दौडबाट बाहिरिए देउवाप्रति पार्टी पंक्तिमा सम्मान बढेर जाने उनले दाबी गरे ।
शर्माले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत शर्माले बताए ।
शर्माले भने, ‘पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।