नामिबिया भ्रमणमा पहिलो जितको खोजीमा नेपाल, आज स्कटल्याण्डसँग भिड्दै

नामिबिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत अन्तिम खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल पनि दिउँसो १ः४५ बजेदेखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुनेछ । सिरिजमा नेपाल पहिलो जित खोजीमा छ । 

पहिलो खेलमा स्कटल्याण्डसँग वर्षाका कारण अंक बाँडेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः स्कटल्याण्डसँग ३ विकेट र नामिबियाविरुद्ध ८६ रनको हार बेहोर्‍यो । 

दबाबमा रहेको नेपालले स्कटल्याण्डविरुद्ध जित निकाल्दै नामिबिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । तर, नेपाललाई नतिजा आफ्नो पक्षमा पार्न सहज भने पक्कै छैन ।

विश्वकप लिग–२ मा स्कटल्याण्ड सर्वाधिक बलियो टोलीको रूपमा देखिएको छ । उसले ३१ म्याच खेल्दा २१ मा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको नामिबियाले ४४ अंक जोडिसकेको छ ।

हालसम्म २३ म्याच खेलेको नेपालले भने आठ खेलमा मात्र जित निकालेको छ । नेपालले १३ खेलमा हार बेहोर्दा दुई खेलमा अंक बाँडेको छ । छैटौँ स्थानमा रहेको नेपालको १८ अंक छ ।   





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार ८:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया