जनमत पार्टीको बैठक बस्दै, सरकारमा सहभागी हुने/नहुने विषयमा टुंगो लगाउनसक्ने

जनमत पार्टीले केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक कोटेश्वरस्थित तपोवन होटलमा बस्न लागेको हो । 

बैठकमा जनमत पार्टीले समानुपातिक उम्मेदवारको टुंगो लगाउनेदेखि सरकारमा सहभागी, संगठन निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ । 

जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुंगो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । 

संघमा जनमत पार्टीले तीनजना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १०:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया