हेटौंडामा नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट हुँदै

नेपालको चर्चित नेपथ्य ब्याण्डले हेटौंडामा आज कन्सर्ट गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित भुटनदेवी चौरमा आज दिउँसो ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पूरा  भएको मानव सेवा आश्रम हेटौंडाले जनाएको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हेटौंडामा अझै भव्य कार्यक्रम बनाउने गरी तयारी गरिएको बताए । कार्यक्रमको दिन चौरमा गर्नुपर्ने काम बाहेक सबै सकिएको आश्रमका अभियन्ता हुमनाथ पौडेलले जानकारी दिए ।

मानवीयताको बीउ रोपिएको हेटौंडा मानव सेवा आश्रमको केन्द्रीय कार्यालय भएको सहर पनि हो । त्यसैले हेटौंडाले छुट्टै महत्त्व बोकेको छ । हेटौडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान सुरु भएको थियो ।

मानवता प्रवर्द्धनका साथै हेटौंडाको लामसुरेधापमा रहेको मानव सेवा आश्रमको बाँकी भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषण सहयोगार्थ हुने कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/पप गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रमका लागि टिकट विक्री करिब करिब सकिएको मानव सेवा आश्रम हेटौंडाले जनाएको छ ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हेटौंडामा अझै भव्य कार्यक्रम बनाउने गरी तयारी गरिएको बताए । कार्यक्रमको दिन चौरमा गर्नुपर्ने काम बाहेक सबै सकिएको आश्रमका अभियन्ता हुमनाथ पौडेलले जानकारी दिए । मानवीयताको बीउ रोपिएको हेटौंडा मानव सेवा आश्रमको केन्द्रीय कार्यालय भएको सहर पनि हो । त्यसैले हेटौंडाले छुट्टै महत्त्व बोकेको छ । हेटौडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान सुरु भएको थियो ।

मानवता प्रवर्द्धनका साथै हेटौंडाको लामसुरेधापमा रहेको मानव सेवा आश्रमको बाँकी भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषण सहयोगार्थ हुने कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/पप गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रमका लागि टिकट विक्री करिब करिब सकिएको मानव सेवा आश्रम हेटौंडाले जनाएको छ ।

मानवता प्रवर्द्धनका लागि मुलुकका प्रमुख १० सहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।



मानव सेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवन को निर्माण कार्य सम्पन्न भए पनि बालबालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरू आश्रित छन् ।

कन्सर्ट यही मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानव ज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुन्जिने छ । 



  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार ११:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया