एजेन्सी– कसैले तपाईंलाई अंकमाल गर्दा उसले तपाईंको अपमान गरेको छ कि अपार प्रेम व्यक्त गरेको छ भन्ने बुझ्न सकिन्छ । कसैको अंकमाल गर्ने तरिकाले तपार्ईंका लागि उसको मनमा साथित्वको या मायाको भावना छ भन्ने अनुमान गर्न सकिन्छ । अंकमालकाे तरिकाबाटै मायाकाे गहिराइ थाहा हुन्छ ।
आज हग–डे अर्थात् भ्यालेन्टाइन्स विकको पाचौँ दिन । भ्यालेन्टाइन्स विकमा हग डेलाई विशेष दिन मानिन्छ । यस दिन प्रेमिल जोडीहरू एक–अर्कालाई ‘हग’ अर्थात् अंकमाल गर्दै आफ्नो प्रेम दर्शाउँछन् ।
कसैसँग अंकमाल गर्नुको अर्थ हुन्छ, तपाईं उसका लागि खास मान्छे हुनुहुन्छ । तर, अंकमाल गर्ने तरिकाबाट धेरै कुरा थाहा हुन्छ । अंकमाल गर्ने व्यक्तिले तपाईंलाई कति प्रेम गर्छ वा तपाईंसँग ऊ कत्तिको कम्मिटेड छ भनेर पनि थाहा पाउन सकिन्छ । तपाईंसँगको सम्बन्धमा ऊ कत्तिको सिरियस छ भन्ने मनोविज्ञान उसकाे अंकमालबाट बुझ्न सकिन्छ ।
पछाडिबाट आएर अंकमाल गर्छ भने ...
यदि ऊ पछाडिबाट आएर तपाईंलाई अंकमाल गर्छ भने त्यसको मतलब हुन्छ, उसले तपाईंलाई अपार माया गर्छ, तपाईंसँगको मायामा चुर्लुम्मै डुबेको छ र भविष्यमा जस्तोसुकै विषम परिस्थितिसँग लड्न तयार छ । यसको अलावा उसले तपाईंलाई कति सुरक्षा गर्छ भनेर पनि बुझ्न सकिन्छ । यदि अहिलेसम्म उसले तपाईंको हात मागेको छैन भने बुझ्नस् कि ऊ साँच्चै जीवनभर तपाईंसँग आफ्नो पूरा जिन्दगी बिताउन चाहन्छ ।
कम्मर खिच्दै अंकमाल गर्छ भने ...
कसैले तपाईंलाई यसरी अंकमाल गर्छ भने यसबाट थाहा हुन्छ कि ऊ तपाईंसँग एकदम सन्तुष्ट छ र यसैमा खुसी भएर तपाईंलाई आफ्नो सर्वस्व सुम्पिन तयार छ ।
दूरी बनाएर अंकमाल गर्दै पिठ्युँ थप्पथपाउँछ भने ...
यस्तो तरिकाले कसैले तपाईंसँग अंकमाल गर्छ भने बुझ्नस् कि ऊ तपाईंसँग रोमान्स कम र साथित्वको भाव बढी झल्काइरहेको छ । यसरी अंकमाल गर्ने मान्छेप्रति तपाईंको भावना छ भने सोच्नस् कि उसले तपाईंलाई एउटा राम्रो साथीको दर्जामा मात्र राखेको छ । उसलाई तपाईंले पनि एउटा साथी मात्र सम्झनु बेस हुन्छ । तर, यसको अर्थ आगामी दिनमा तपाईंबीच माया नै हुँदैन भन्नेचाहिँ होइन । हुन सक्छ, आगामी दिनमा उसले तपाईंलाई माया गर्नेछ ।
कसेर अंकमाल गर्दै पिठ्युँ थप्पपाउँछ भने ...
कसैले कसेर अंकमाल गर्दै पिठ्युँ थप्पथपाउँछ भने त्यसको मतलब हुन्छ, उसले तपाईंलाई धेरै माया गर्छ । तपाईंको पिठ्युँ सुम्सुम्याउनाले यो संकेत गर्छ कि ऊ प्रेम पनि दर्शाउन जान्दछ । ढुक्क हुनुस् कि उसले तपाईंलाईं धेरै नै माया गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।