पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दै, यस्तो छ दुवै टोलीबीचको विगत

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनल खेल हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिलले गत उपविजेता क्रोएसियाको सामना गर्दैछ । 

ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेशन सिटी स्टेडियममा राति ८ः४५ बजेदेखि सुरु हुनेछ । नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ तथा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएका थिए ।

लयमा रहेका यी दुई टिमबीचको क्वार्टरफाइनल खेल रोमाञ्चक हुने आँकलन गरिएको छ । ब्राजिल र क्रोएसियाले हालसम्म चार खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा ब्राजिलले तीन खेलमा जित हात पारेको छ । 

ब्राजिलले क्रोएसियासँग एक खेल भने बराबरी खेलेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत सन् २००५ मा भएको पहिलो खेलमा दुवै टोलीले १–१ को बराबरी खेले ।

सन् २००६ र २०१४ को विश्वकपमा ब्राजिलले क्रोएसियालाई क्रमशः १–० र ३–१ ले पराजित गर्‍यो । अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत सन् २०१८ को खेलमा क्रोएसियाविरुद्ध ब्राजिल २–० ले विजयी भएको थियो ।

ब्राजिलले २० वर्षयता विश्वकप उपाधि हात पार्न नसकेको छैन । उसले अन्तिपटक सन् २००२ को विश्वकप जितेको थियो । क्रोएसिया गत संस्करणमा पहिलोपटक फाइनलसम्म पुगेको थियो ।   





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ६:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया