जबराको महाभियोग फुकुवाविरुद्धको रिटमा सुनुवाइ हुँदै, सर्वोच्च गेटमा आज पनि बारको धर्ना

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुँदैछ । 

जबरासहित संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो । 

क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न/नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ ।

जबराले आफूउपरको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित सम्बन्धित निकायहरूमा यसको जानकारी गराउन गएको मंगलबार संसद् सचिवालयमा निवेदन दिएका थिए । 

गौतमको पत्रपछि बुधबार नै जबरा सर्वोच्च प्रवेशको तयारीमा थिए । तर, कानुन व्यवसायीले विरोध प्रदर्शन गरेपछि उनको सर्वोच्च प्रवेश रोकिएको थियो । बार एसोसिएसनले आज पनि सर्वोच्चको गेटमा धर्ना जारी नै राख्ने जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ९:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया