सुनको मूल्य १ लाख नाघ्यो, चाँदीको भाउ पनि बढ्यो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख नाघेको छ । आज ६ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । 

बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३० ले बढेर १ हजार ३ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ११:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया