काठमाडौं– घुससहित महोत्तरीबाट पक्राउ परेका नेपाल प्रहरीका असई रामनरेश साह अख्तियारको नियन्त्रणबाट भागेका छन् ।
औरही प्रहरी चौकीमा कार्यरत असई साहलाई बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । तर, उनी अख्तियारको टोलीलाई छल्न सफल भए ।
असई साहलाई अख्तियारको टोलीले मंगलबार दिउँसो नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणबाट भागेका साहको खोजी भइरहेको महोत्तरी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।