२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

नक्कली प्रहरी पक्राउ

नक्कली प्रहरी बनेर अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘हामी सादा पोसाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीका ३५ वर्षिय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर–५ बाँगीका २० वर्षिय दिपक केसी पक्राउ परेको प्रहरीले जनाएको छ। उनिहरुले मादक पदार्थ सेवन गरी सन्धिखर्क नगरपालिकाको बसपार्क क्षेत्रमा होटल तथा पसल लगायतमा चेकजाँच गर्ने, स्थानियलाई गाली–गलौच तथा अभद्र व्यवहार गर्ने गरेको सुचना पाएपछी उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।



नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरी माथी हातपात, गाली–गलौच तथा अभद्र व्यवहार गरेका थिए। उनीहरु माथी अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिजालले बताए।





  • प्रकाशित मिति : २३ मंसिर, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया