अर्जेन्टिना सेमिफाइनलमा, क्रोएसियासँग सेमिफाइनलमा भिड्ने

कतारमा जारी विश्वकपमा निकै रोमान्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाको खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल सकिएको थियो । खेलको ३५ औं मिनेटमा लियोनल मेसीको पासमा नहुएल मोलिनाले गोल गरेर अर्जेन्टिनाले अग्रता लिएको थियो ।

अर्जेन्टिनाले ७३ औं मिनेटमा पेनाल्टी पायो, मेसीले पेनाल्टी लिए । यसमा मेसी चुकेनन् । २ गोलले अग्रता लिएको अर्जेन्टिनाले खेल जितिसकेको अनुमान धेरैले गरिसकेका थिए । तर, त्यसको १० मिनेटपछि नेदरल्याण्ड्सका ववउट विघ्रोस्टले गोल गरेर खेलमा नेदरल्याण्ड्सलाई फेरि आक्रमकता दिलाए ।

उनैले इन्जुरी समयमा नेदरल्याण्ड्सका लागि गोल गरे ।

त्यसपछि बराबरीमा पुगेको खेलमा अतिरिक्त समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट भएको थियो ।



यसअघि भएको अर्को क्वार्टरफाइनल खेल पनि पेनाल्टी सुटआउटमा पुगेर टुंगियो । पेनाल्टी सुटआउटमा ब्राजिललाई क्रोएसियाले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको छ । 

अब सेमिफाइनमा अर्जेन्टिना र क्रोएसियाविरुद्ध खेल हुनेछ ।



  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार ४:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया