नेदरल्याण्ड्सविरुद्धको खेलबाट मेसीले बनाए रेकर्ड

विश्वकप २०२२ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदा खेलमा अर्जेन्टिनी सुपरस्टार मेसी चम्किए । 

अर्जेन्टिनाका लागि पहिलो हाफमा भएका २ गोलमा उनको प्रत्यक्ष संलग्नता थियो । पहिलो गोल उनले एसिस्ट गरेका थिए भने दोस्रो गोल उनले पेनाल्टीमा प्रहार गरेका थिए ।

योसँगै विश्वकपमा अर्जेन्टिनाका फुटबलर म्यारोडोनाको रेकर्डभन्दा बढी विश्वकपका गोलमा उनको संलग्नता भएको छ । उनले विश्वकपमा मात्र १० गोल गरेका छन् भने ७ पटक एसिस्ट गरेका छन् । डिएगो म्यारोडोनाको यो रेकर्ड १६ थियो ।

मेसीले आजको खेलमा एक गोल गरे । योसँगै उनले विश्वकपमा १० गोल गरेका छन् । अर्जेन्टिनाका लागि विश्वकपमा यति धेरै गोल गर्ने मेसी दोस्रो खेलाडी हुन् । यसअघि ग्राबिएल बाटिस्टुटाले पनि विश्वकपमा अर्जेन्टिनाका लागि १० गोल नै गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार ४:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया