सिरिया द्वन्द्व : अन्तिम लडाइँ भन्दै अमेरिकी नेतृत्वको फैजले गरेको हवाई आक्रमणमा ७० हताहत

दमासकस– अमेरिकी नेतृत्वको सेनाले मंगलबार सिरियाको पूर्वी क्षेत्रमा गरेको हवाई आक्रमणमा मारिने र घाइते हुनेको संख्या ७० पुगेको अधिकारीहरुले बताएका छन् । 

पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापितहरुलाई लक्षित गरी हवाई आक्रमण भएको सिरियाली सञ्चार माध्यमले उल्लेख गरेका छन् । घटनास्थल आइएस लडाकुहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ । 

अमेरिकी नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स (एसडिएफ) ले शनिबारदेखि आइएस लडाकुविरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो । 
घटना भएको क्षेत्रमा झन्डै २० हजार विस्थापितहरु आएर बसेका बताइएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १७:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया