क्रोएसियासँगको हारपछि ब्राजिलका प्रशिक्षक टिटेले छाडे पद

क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा हार व्यहोरेपछि ब्राजिलको यो विश्वकपको यात्रा टुंगिएको छ । यो हारपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा पनि गरेका छन् ।

विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै सफल भएको ब्राजिलको यो हारका कारण ६ वर्षपछि टिटेले राष्ट्रिय टोलीको यात्राबाट बिदा लिएका हुन् ।

त्यसो त उनले यो विश्वकप पछि आफूले ब्राजिलको प्रशिक्षक पदबाट बिदा हुने बताइसकेका थिए ।

उनले ब्राजिलको हारपछि आफूले नतिजालाई सम्मान गर्ने पनि बताएका छन् । उनले खेलमा हार हुनु भनेको नायक हुनु या नहुनुको सन्दर्भसँग जोड्न नहुने पनि बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार १०:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया