ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनलमा

कतारमा जारी विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलविरुद्ध कतारमा भएको खेलमा १–० ले जित निकाल्दै मोरक्को सेमिफाइनलमा पुगेको हो । योसँगै मोरक्कोले इतिहास बनाएको छ । 

मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश भएको छ ।

यसअघि क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० मा क्वाटरफाइनलबाट बाहिरिएका थिए ।

आजको खेलमा मोरक्कोका लागि ४२ औं मिनेटमा युसेफ एन नेसिरीले गरेका थिए ।

यो गोल गरेसँगै उनले मोरक्कोका लागि रेकर्ड पनि कायम गरेका छन् ।



हेडिङबाट उनले गरेको यो गोल विश्वकप फुटबलमा मोरक्कोका कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।



  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार २२:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया