सुखविन्दर सिंह सुखु भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
शनिबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्ने भएका हुन् । त्यस्तै, मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्ने बीबीसी हिन्दीले लेखेको छ ।
उनीहरूले आइतबार पदको शपथ लिँदैछन् । ६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन् ।
हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।