कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकले ज्यान गुमाएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीले ज्यान गुमाएका हुन् ।
चौधरीले चलाएको से.७प ७७९३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१–००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।