रुसले सुरु गरेको कामिकाजे ड्रोन आक्रमणपछि दक्षिणी युक्रेनी सहर ओडेसामा बिजुलीविहीन भएको छ । ड्रोन आक्रमणपछि अहिले ओडेसामा सहर बिजुलीविहीन रहेको राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले बताएका छन् ।
‘अस्पताल र प्रसूति वार्डलगायतका महत्वपूर्ण पूर्वाधारहरूमा मात्र बिजुलीको पहुँच थियो । ‘स्थिति कठिन तर नियन्त्रणमा छ’, टिमोसेन्कोले भने ।
२४ फेब्रुअरीमा राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाउनुअघि ओडेसाको ब्ल्याक सी बन्दरगाह धेरै युक्रेनी र रुसीहरूका लागि छुट्टी मनाउने गन्तव्य थियो ।
ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा ‘कामिकाजे ड्रोन’ मार्फत आक्रमण गरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।