नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको सरकारको नेतृत्व आलोपालो हुनेमा कुनै दुविधा नभएको बताएका छन् । उनले सरकारको नेतृत्व आलोपालो हुने बताउँदै यसका लागि माओवादी केन्द्र निर्णायक भएको पनि बताएका छन् ।
‘माओवादीसँग ६० सिटको कमाण्ड छ,’ प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘माओवादी केन्द्र जहाँ उभिन्छ, त्यहाँबाट नै सरकार निर्र्माणको प्रक्रिया सुरु हुन्छ ।’
प्रेस सेन्टरको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार निर्माणमा माओवादी निर्णायक रहेको पनि बताएका छन् ।
प्रचण्डको यो अभिव्यक्तिलाई लिएर कतै माओवादी केन्द्र एमालेसँग सरकार बनाउन मिल्न जाने त होइन भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।