रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने संकेतसहित अगाडि बढेको छ । सरकारमा सहभागी हुनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेताहरुले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।
यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल अगाडि बढाएको छ ।
प्रत्यक्षमा ७ सिट र समानुपातिकमा १३ सिटसहित प्रतिनिधिसभाको यात्रा तय गरेको यो पार्टीले सरकारमा सहभागी हुनका लागि केही अजेन्डाहरुलाई अगाडि सारेको छ ।
तर, यी सामान्य अजेन्डा भएकाले यो पार्टीले जसको सरकार बने पनि सरकारमा आफ्नो स्थान सुरक्षित गर्ने संकेत गरेको छ ।
यो पार्टीले विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने अधिकार, भ्रष्टाचार नियन्त्रण, विश्वविद्यालय क्षेत्रको सुधारलगायतका अजेन्डाहरु अगाडि सारेको छ ।
पार्टीका प्रवक्ता डा. मुकुल ढकालले सरकारमा सहभागी हुनका लागि जनताको पक्षमा काम गर्ने सरकारको गठन हुनु पर्ने आफ्नो अजेन्डाहरु रहेको बताएका छन् ।
पार्टीले यसका लागि जुनसुकै गठबन्धन भए पनि आफू सरकारमा सहभागी हुनसक्ने संकेत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।