काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । आज यहाँको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो । आज हिमाली जिल्लाका केही भूभागमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, तराईका जिल्लामा बिहानको समयमा हुस्सु/कुहिरो लागेको छ ।
दिउँसोको समयमा भने मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।