आजबाट ट्विटरले ‘ब्लु टिक मार्क’ बापत शुल्क लिने

सााजिक सञ्जाल ट्विटरले फेरि आजबाट ब्लु टिक सब्सक्रिप्सन सेवा सुरु गर्ने भएको छ । ट्विटरले ब्लु टिकका लागि एन्ड्रोइड प्रयोगकर्तालाई ८ अमेरिकी डलर र आईफोन युजरका लागि ११ डलर प्रति महिना तोकिएको छ ।

एलन मस्कले आइफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् । एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्विटरको तर्क छ । ट्विटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ ।  

‘हामी सोमवार ट्विटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ,’ ट्विटरले भनेको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार ९:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया