नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । 

नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलायई निर्देशन दिएको थियो । 

देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मङ्सिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायीरूपमा भवन निर्माण तथा भत्काउनेलगायत काममा प्रतिबन्ध घोषणा गरेको थियो । यद्यपि राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो ।  





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १२:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया