मिसेस् नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

मिसेस् नेपाल वर्ल्ड दिक्षा केसी मिसेस् वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस् वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरूबीचको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रहरूका विवाहित सुन्दरीले स्पर्धा गर्दैछन्।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस् वर्ल्डमा यससम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपी रसाइली र मनिष राईले तयार पारेको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्ने छिन्। 

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षाको मेकअप हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले गर्ने छिन्।  





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १४:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया