नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरि अध्यादेश ल्याउन लागेकोमा प्रदीप पौडेलले विरोध गरेका हुन् ।
उनले अध्यादेशको कदम हिजो पनि गलत भएको र आज पनि गलत भएको भन्दै यसले कुनै फरकपनको आभाष नदिने उल्लेख गरेका छन् ।
‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि,’ सामाजिक सन्जाल ट्विटरमा पौडेलले लेखेका छन्, ‘हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ?’
उनले संसदबाट अब समस्याहरुको हल निकाल्नु पर्ने पनि बताएका छन् ।
सरकारले ल्याउन लागेको विधेयकको विरोध यसअघि नेपाली कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।