अध्यादेशबारे कमल थापाको पार्टीले भन्यो - लोकतन्त्रको खिल्ली उडाउने कार्य तत्काल रोक्नुहोस्
फरकधार / २६ मंसिर, २०७९

सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरी अध्यादेश ल्याउन लागे पछि अहिले त्यसको विरोध भइरहेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त कार्य आपत्तिजनक भएको जनाएको छ । 



‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्व सन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आप्तिजनक छ,’ राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ ।’
 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १६:२३:१६,   अन्तिम अपडेट : मंसिर २६, २०७९ साेमबार १६:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया