सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिकाे काेर्टमा, के गर्लिन् राष्ट्रपति ?

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिएका छन् । सरकारले साेमबार रेशम चौधरीलाई रिहा गर्ने गरी ल्याएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हाे । उक्त अध्यादेशमाथि राष्ट्रपतिको निर्णय के हुन्छ भन्नेमा धेरैकाे जिज्ञासा छ । 

सञ्चार विज्ञ ढकालले यसबारे पूर्वानुमान गर्न नसकिने बताएका छन् । भर्खर अध्यादेश आएको र यसबारे सरकारले आफ्नो कुरा प्रष्ट पारेपछि राष्ट्रपतिले निर्णय गर्ने उनकाे भनाइ छ । 

कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सत्तास्वार्थका लागि अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ ।  

यता, सरकारका प्रवक्ताले भने हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउनका लागि मात्रै अध्यादेश ल्याएको बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १७:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया