बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मुद्दा दायर भएको छ । फर्नान्डिसविरुद्ध अर्की अभिनेत्री नोरा फतेहीले मुद्दा दायर गरेकी हुन् ।
एएनआईका अनुसार नोराबाट ज्याकलिनमाथि दुर्भावना प्रेरित गलत बयान दिएको आरोप लगाइएको छ । दुवै अभिनेत्री मुद्रा अपचलन मुद्दामा मुछिएका थिए ।
३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध अहिले पनि मुद्रा अपचलनको मुद्दा चलिरहेको छ । ज्याकलिनमाथि वित्तीय अनियमिताका आरोप छ ।
उनीमाथि सुकेश चन्द्रशेखरसँग महँगो गिफ्ट लिएर मुद्रा अपचलन गरेको आरोप छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।