१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

डोल्पामा माओवादी र एमालेका कार्यकर्ताबीच झडप, घाइतेलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याइयो
साङ्केतिक तस्वीर

डोल्पाको जगदुल्ला ३ को थापागाउँमा नेकपा एमाले र नेकपा माअ‍ोवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ९ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यो झडप सोमबार राति ९ बजे भएको थियो । झडपमा घाइते हुने ४ जना माओवादी र ५ जना एमालेका कार्यकर्ता हुन् ।



मादकपदार्थ सेवनपछि भएको झडपमा घाइते भएकाले एमाले कार्यकर्तालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याइएको हो ।

घाइते अधिकांशको टाउकोमा चोट लागेको छ । 





  • प्रकाशित मिति : २६ मंसिर, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया