२ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला १ लाखमा कारोबार हुँदै

नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ । 

सोमबार तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार ११:२४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया