काबुलको होटलमा आक्रमण गर्ने तीनजना मारिए, विदेशी पाहुनाको सकुशल उद्धार

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएका छन् ।

तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए । 

काबुलको लोङ्गान होटेलमा सोमबार अपरान्ह आक्रमण भएपछि तालिबान सुरक्षा बल घटनास्थलमा पुगेको र होटललाई सिल गरेर उद्धारको काम थालेको थियो ।

प्रहरीले सोमबार राति दिएको जानकारीमा सो होटल आक्रमणको निसानामा परेको थाहा भएपछि तालिबान सुरक्षाकर्मी त्यहाँ पुगेर विदेशी तथा स्वदेशी पाहुनाको उद्धारको काम थालेका थिए । त्यसक्रममा आक्रमणमा संलग्न रहेका तीन जना आक्रमणकारी मारिएका र अरू केही घाइते भएका छन् । होटलमा रहेका पाहुनाको भने सकुशल उद्धार गरिएको बताइएको छ ।

यहाँको तालिबान सरकार गत वर्षको अगष्टमा सत्तामा आएयता तालिबानले सुरक्षामा सुधार गरेको दाबी गरेका थिए । तर, पछिल्लो समयमा भने यहाँका धेरै स्थानमा बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ ।

सो होटलमा प्रायः चिनियाँ पाहुना रहेको अनुमान गरिएको छ । अफगानिस्तानमा रहेको चिनियाँ दूतावासले सोमबार नै एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको बारेमा अनुसन्धान हुनुपर्ने जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १२:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया