लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको लोसपा अध्यक्ष ठाकुरले जानकारी दिए ।
अध्यक्ष ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताए । पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उनको भनाइ छ ।
लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ । प्रधानमन्त्री देउवा लोसपाको पनि साथ लिएर नयाँ सरकार गठन गर्ने दाउमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।