राष्ट्रपति भण्डारी बुधबार भोजपुर जाने

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुर जाने भएकी छिन् । उनी आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्याङ, आमबोटे जान लागेकी हुन् । 

गाउँमा निर्माण सम्पन्न भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटन गर्ने कार्यक्रममा उनी भोजपुर जान लागेकी हुन् । सोही बखत  राष्ट्रपति भण्डारीले स्थानीय बेहेरेश्वर महादेव र शिवालय मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ । 

उनले विगतमा आफूले अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको समेत निरीक्षण गर्ने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार २२:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया