विश्वकपमा मेस्सीले रचे इतिहास

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसियालाई ३–० ले पाखा लगाउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो । 

ऊ छैटौंपटक विश्वकप सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा क्रोएसियाविरुद्ध जित दिलाउने क्रममा जुलियन अल्भारेजले दुई र कप्तान लिओनलले एक गोल गरे । 

लुसेल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई कप्तान लियोन मेस्सीले सुरुआती अग्रता दिलाए । उनले ३४ औं मिनेटमा पेनाल्टीमार्फत टिमलाई सुरुआती अग्रता दिलाएका थिए । 

३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै पहिलो हाफमै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले नै ६९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै टिमलाई ३–० को शानदार जित दिलाए । अर्जेन्टिनाले अब फाइनलमा दोस्रो सेमिफाइनलकोविजेताको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्को खेल्दै छन् । 

मेस्सीले रचे इतिहास

क्रोएसियाविरुद्ध एक गोल गरेसँगै मेस्सीले इतिहास रचेका छन् । अब उनी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । यसअघि मेस्सी र पूर्वखेलाडी गेब्रियल बटिस्टुटाको नाममा १०/१० गोल थियो । अब विश्वकपमा मेस्सीको नामा १४ खेलबाट ११ गोल बनेको छ । बटिस्टुटाले १२ खेलमा १० गोल गरेका थिए ।
 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार २:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया