जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा बालेनको निवेदन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  निर्धारित समयमै निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले जरिवाना तोकेपछि उनले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् ।  

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख शाहले ११ असोजमा जरिवाना मिनाहा गर्न निवेदन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय हो ।’ 

उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णायार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंको अभिलेखबमोजिम शाहले १२ असारमा खर्च विवरण बुझाएका थिए । 

१२ जेठमा काठमाडौं महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो । त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए । 

बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् । 



उनले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । मेयर शाहले फोहोर व्यवस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको पनि निवेदनमा उल्लेख गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार ९:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया