भ्रष्टाचार मुद्दामा नेयमारले पाए सफाइ
फरकधार / २८ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

ब्राजिल फुटबल टिमका फरवार्ड नेयमारले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनले मंगलबार स्पेनको अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।



नेयमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तरण हुँदा भएको भनिएको भ्रष्टाचार मुद्दामा फसेका थिए । 



ब्राजिलको कम्पनी डीआईएसले नेयमार उनका बुबाका साथै सान्तोष र बार्सिलोना क्लबका अध्यक्षहरूले जानाजान स्थानान्तरण गर्दा तिर्नुपर्ने डीआईएसलाई बेवास्ता गरेको भनी मुद्दा दर्ता गरेको थियो ।



स्पेनको अदालतले भने नेयमारविरुद्धको मुद्दा प्रमाणित नभएको फैसला सुनाएको छ । 







  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १०:१३:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया