यो नै मेरो अन्तिम विश्वकप : लियोनल मेस्सी

अर्जेन्टिनी फुटबलका स्टार लियोनल मेस्सीले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले शानदार तरिकाले विश्वकपलाई बिदा गर्न पाउँदा खुसी लागिरहेको पनि बताए ।  

‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ । यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो ।अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ । म त्यति लामो समयसम्म खेल्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो,’ मेस्सीले खेल सकिएपछि भनेका छन् ।

गएराति सम्पन्न सेमिफाइनल खेलमा क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई ३–० को जित दिलाउन मेस्सीको भूमिका अहम् रह्यो । उनले गोल गर्नुका साथै खेलमा एक असिस्ट पनि गरे ।

शानदार लयमा रहेका मेस्सीले जारी विश्वकपमा पाँच गोलका साथ तीन असिस्ट गरिसकेका छन् । 

अब अर्जेन्टिनाले आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्ने छ । दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । 
 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार ११:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया