कतारमा जारी विश्वकप २०२२ मा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । यो खेल किन पनि महत्वपूर्ण छ भने पहिलाले पटक अफ्रिकी देशले सेमिफाइनलको यात्रा तय गरेको छ ।
मोरक्को र फ्रान्सबीच हुने खेललाई त्यसैले धेरैले चासोका साथ हेरेका छन् ।
मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले अब विश्वमा मोरक्को सबैभन्दा उत्कृष्ट देशमध्ये एक भएको बताएका छन् । ‘हामीले इतिहास निर्माण गर्नु पर्ने छ,’ वालिदले भनेका छन्, ‘अहिलेसम्म भएका सबै खेलहरुमा मानिसहरुले हामी बाहिरिन्छौँ भनेका छन् । तर, हामीले अन्तिम ४ मा स्थान बनाएका छौँ । हामी फाइनलमा पुगेर विश्वकप जित्न लड्नेछौँ ।’
यो विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगललाई हराएर यहाँसम्मको यात्रा गरेको मोरक्कोले आजको खेलमा फ्रान्सलाई हराउला कि नहराउला ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।