क्रिकेटमा छाउन थाले सचिन तेन्दुल्करका छोरा पनि

सचिन तेन्दुलकरका छोरा अर्जुन पनि अब भारतीय क्रिकेटमा चर्चामा आउन थालेका छन् । उनले आफ्नो पहिलो रणजी खेलमा शतक हानेका हुन् ।

गोवाबाट राजस्थानविरुद्ध खेलेका अर्जुनले १७७ बलमा सय रन हानेर चर्चामा आउन थालेका हुन् ।

उनी एस प्रभुदेसाईसँग क्रिजमा टिकेको र दुवैले अत्यन्त सुन्दर ब्याटिङ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सचिन तेन्दुल्करले १९८८ मा पहिलो पटक आफ्नो रणजी म्याचमा शतक प्रहार गरेका थिए । 

अब सामाजिक सन्जालमा पनि सचिन र अर्जुनको तुलना हुन थालेको छ । अर्जुन आइपिएलमा मुम्बई इन्डियन्स टिममा छन् । तर, उनले अहिलेसम्म प्लेइङ ११ मा स्थान बनाउन सकेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १५:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया