१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका शाहकाे दाबी

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाहले दाबी प्रस्तुत गरेका छन् । शाहले आफू मुख्यमन्त्रीको दाबीबाट बाहिरिएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् । 


सामाजिक सञ्जाल फेसबुकमा उनले आफू मुख्यमन्त्रीको दाबीसहित कर्णाली प्रदेशसभामा संसदीय दलको नेताका लागि मैदानमा उत्रिने बताएका हुन् । 



‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । त्यसो भएर म यसपटक नेपाली कांग्रेस कर्णाली प्रदेशसभामा संसदीय दलको नेताको रूपमा मैदानमा उत्रने तयारीमा छु,’ उनले भनेका छन्,‘कुनै पनि हल्लाको नलाग्न र शंका नगर्न हुन सविनय अनुरोध गर्दछु ।’

जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा कांग्रेसका शाह कर्णाली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । कर्णाली प्रदेशमा कांग्रेसबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि दाबी गर्दै आएका छन् । 



शाही र शाह दुवै नेता नेपाली कांग्रेस संस्थापन पक्षका नेता हुन् । शाही यसअघि कांग्रेसकाे महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएका थिए । 



  • प्रकाशित मिति : २८ मंसिर, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया