झारफुककाे बहानामा बलात्कार गर्ने धामी पक्राउ

झारफुककाे बहानामा बलात्कार गर्ने एक धामी पक्राउ परेका छन् ।कपिलवस्तुकाे वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजन जबरजस्ती करणीकाे आराेपमा पक्राउ परेका हुन् । 

झारफुककाे बहानामा एक महिलालाई बलात्कार गरेर फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो । मंसिर २० गते २७ वर्षीया एक युवतीलाई झारफुक गर्ने निहुँमा उनले बलात्कार गरेका थिए । 

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जबरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छन् । पीडित युवतीको जाहेरीपछि उनी पक्राउ परेका हुन् । 

हरिजनले यसअघि पनि यस्ता आपराधिक कार्य गरेको हुन सक्ने सूचनाका आधारमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १८:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया