यी हुन्, प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसद (सूचीसहित)

प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका सात दलले पठाएको सूचीका आधारमा समानुपातिक सांसदको नामावली सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४ र राप्रपाले ७ सिट प्राप्त गरेका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टी समान ५–५ सिट पाएका छन् ।

प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको एकीकृत समाजवादी पार्टीले भनेथ्रेसहोल्ड कटाउन नसकेका कारण  समानुपातिकमा कुनै सिट पाएन । सो पार्टी राष्ट्रिय दल हुनबाट पनि वञ्चित भएको छ ।​





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार २१:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया